सविन र दिनेशको ‘कश्यप’बाट अभिनयमा डेव्यु गर्दै टिकटकर आभा ढुंगाना

द सिनेमा टाइम्स, काठमाडौं । दिनेश जी खड्काको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘कश्यप’मा टिकटकर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् । कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी अडिसनबाट फाइनल गरिएको निर्माण टिमले जानकारी दिएको हो । आभाले यो सिनेमाका लागि एक्सनको विशेष प्रशिक्षण लिईरहेकी छिन्…