नरेन्द्र मोदीको बायोपिक ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - बायोपिक सिनेमा 'सञ्जु' सुपरहिट भएपश्चात अहिले बलिउडमा बायोपिक सिनेमा निर्माणको लहड चलेको छ । यसैवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित सिनेमा 'पिएम नरेन्द्र मोदी'को ट्रेलर सार्वजनिक गरिएको छ । पछिल्लो समय बलिउडमा भारतका प्रधानमन्त्री मोदीको जीवनीमा आधारित रहेर तयार भइरहेको सिनेमा 'पीएम नरेन्द्र मोदी’ को चर्चा निकै भइरहेको छ…