शाहरुखको ‘पठान’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - शाहरुख खान स्टारर बलिउड सिनेमा 'पठान'को ट्रेलर रिलिज भएको छ । भारतीय गणतन्त्र दिवसको छेको पारेर २५ जनवरीदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको स्पाइ एक्सन थ्रिलर सिनेममा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडियालगायतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमामा शाहरुखले भारतीय जासूस संयन्त्र रअ एजेन्टका एक जासूसको भूमिका निर्वाह गरेका छन् ।…