प्रभासको प्रतिक्षित सिनेमा ‘कल्की २८९८ एडी’ मे ९ बाट विश्वभर रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौं - दक्षिण भारतीय सुपरस्टार प्रभासको मुख्य भुमिका रहेको सिनेमा 'कल्की २८९८ एडी'को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी मे ९ लाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो । वैजयन्ती मुभिजको ब्यानरमा निर्माण भएको सिनेमालाई यो वर्षकै प्रतिक्षित सिनेमाको सुचीमा राखिएको छ ।…