सुब्रत र सुलक्षणको निर्देशनमा ‘बोक्सीको घर’ निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको सफल नाटक 'बोक्सीको घर' सिनेमाको पर्दामा देख्न पाइने भएको छ । मण्डला थियटरमा मञ्चन भएको उक्त नाटकमा कलाकार सरिता गिरीको एकल अभिनय रहेको थियो । बरिष्ठ रंगकर्मी तथा निर्देशक बद्रि अधिकारीको लगानीमा निर्माण सिनेमालाई सुब्रतराज आचार्य र सुलक्षण भारतीले मिलेर निर्देशन गर्दैछन् ।…