‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकार बीच च्यारिटी क्रिकेट खेलिने

द सिनेमा टाइम्स, काठमाडौँ - फागुन ९ गते रिलिज हुने सिनेमा 'सेन्टी भाइरस' टिमले चलचित्र पत्रकारसँग च्यारिटी क्रिकेट म्याच खेल्ने भएको छ । चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा फागुन २ गते दुई टिम बीच टि-ट्वान्टी म्याच खेलिनेछ । धुर्मुस-सुन्तलीले निर्माण गरेको 'सेन्टी भाइरस'ले दिएलाएको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ…