हेटौंडामा पत्रकार तथा कवि नवराज लम्साल पुरस्कृत

द सिनेमा टाइम्स, काठमाडौं - 'चलचित्र दिवस २०७६'को अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले यो वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । २० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा संघको मकवानपुर शाखाको आयोजनामा मंगलबार हेटौँडामा आयोजना भएको एक कार्यक्रमकाबीच उहाँलाई नगद ११,१११ राशी सहित सम्मान गरेको…