द सिनेमा टाइम्स, काठमाडौं । भोली शुक्रवार रिलिज हुने सिनेमा ‘खेल’को काठमाडौंमा प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा सिनेमाको टिम, पत्रकारहरू, शुभचिन्तक तथा सिनेमाकर्मीको उपस्थिति थियो । सिनेमाको प्रिमियरमा ‘खेल’का मुख्य कलाकार सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति रह्यो ।…