द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनीत सिनेमा ‘मास्टर्नी’को प्रोमोसनल गीत विवादमा परेको छ। गीतमा प्रयोग गरिएका शब्द र प्रस्तुतिप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। यसैबीच, नेपाल शिक्षक महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै गीतमा महिला शिक्षकवर्गप्रति अपमानजनक शब्द र भाव प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ। महासंघले उक्त गीतले महिला शिक्षकमाथि नकारात्मक प्रभाव…