असार २९ गतेबाट छायांकन सुरु हुने ‘तिरिमिरी झ्याइँ’को शुभमुहूर्त गर्दै निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार सुमन कोइराला सिनेमाको हिरो बन्ने भएका छन् । ‘दले दाइ’को रूपमा परिचित उनले सिनेमा ‘तिरिमिरी झ्याइँ’बाट नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् । यो सिनेमाको बिहीबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा वैदिक विधिअनुसार पूजाआजा गर्दै शुभ मुहूर्त गरियो । सिनेमाको छायांकन असार २९ गतेबाट सुरु हुने जनाइएको छ…