द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रोल नं १’ले आफ्नो लक्षित दर्शकमा मात्र केन्द्रित भएर प्रचार गरिरहेको छ । सिनेमाको कथा बालबालिकामा आधारित छ, जुन यसअघि सार्वजनिक टिजरबाट पनि प्रस्ट हुन्छ । यसैले सिनेमाको टिमले यतिबेला मोफसलका विभिन्न स्कुलको कक्षाकोठामै गएर त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सिनेमाबारे जानकारी गराइरहेको छ ।…