‘पशुपति प्रसाद २’को कथा ‘भष्मे डन’कै वरिपरि घुमेकाले इमोसनको पाटो आइहाल्छ : निर्देशक खनाल

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता विपिन कार्कीलाई ७ वर्षअघि प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद’ले भष्मे डनको परिचय दिएको थियो । उनले सिनेमामा निर्वाह गरेको भष्मे डन पात्र दर्शकले निकै रुचाएका थिए । यो चरित्रलाई विपिन कार्कीको करियरकै ‘आइकनिक’ मानिन्छ । सिनेमाको हिरो भष्मे डन थिएन । नकारात्मक चरित्र थियो । उसको गेटअप, हिँडाई, बोलाई…