द सिनेमा टाइम्स, काठमाडौं - जितु नेपाल हास्य कलाकार । नामै काफी छ । नेपाली मनोरंजन क्षेत्रमा जितुले मनोरंजन दिन लागेको दुई दशक बढी भैसक्यो । स्टेज कार्यक्रम, टेलिभिजन कार्यक्रम र सिनेमामा जितु व्यस्त रहन्छन । पछिल्लो समय जितुले दीपक-दीपा क्याम्पबाट निर्माण हुने सिनेमा धेरै खेले । त्यसभन्दा बाहिर जितुले निर्देशक सुदर्शन थापाको 'रामकहानी'मा पनि अभिनय…