बक्सअफिसमा गर्जिए ‘कबिर सिंह’

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड सुपरस्टार शाहिद कपुर स्टारर सिनेमा 'कबिर सिंह'ले बक्सअफिसमा बम्पर कमाई गरिरहेको छ । ’बत्ती गुल मिटर चालु’ बाट फ्लप अभिनेताको ट्याग पाएका शाहिदले शुक्रबारबाट रिलिज भएको सिनेमा कबिर सिंहबाट दरिलो कमब्याक गरेको टिप्पणी बलिउड मिडियाले गरेका छन् । 'कबिर सिंह' रिलिजसँगै शाहिदको रिलिजको दिनमा सर्वाधिक कमाई गर्ने सिनेमा बनेको…