द सिनेमा टाइम्स, काठमाडौं । बिहीबार राजधानीमा भएको प्रिमियरमा 'दयारानी' सिनेमाले प्रशंसा बटुलेको छ । माओत्से गुरुङ निर्देशित तथा दयाहाङ राई तथा दीया पुन स्टार सिनेमाले आफ्नो कथा, प्रस्तुति तथा कलाकारको अभिनयका लागि तारिफ बटुलेको हो । सिनेमाको प्रिमियरमा नेपाली रजतपटसँगै राजनीतिक अनुहारहरुसमेतको उल्लेख्य उपस्थिति रहेको थियो । सिनेमाका निर्देशक गुरुङसँग विद्यार्थीकालिन समयदेखि परिचित रहेका…