द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री मेनुका प्रधानको मुख्य भुमिका रहेको नेपाली सिनेमा 'गुराँस'ले युरोपेली मुलुक चेक रिपब्लिकमा आयोजित 'दी कार्लोभी भारी इन्टरनेसनल सिनेमा महोत्सव'मा जुरी अवार्ड जितेको छ । गत बुधबार वर्ल्ड प्रिमियर भएको सिनेमाले प्रोक्सिमा स्पेसल जुरी पुरस्कार जितेको हो । हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट…