दीपक-दीपाको आईएनआई सिनेमाज सञ्चालनमा, निर्माता र प्रदर्शकले ५०/५० प्रतिशत सेयर पाउने

द सिनेमा टाइम्स, काठमाडौं - काठमाडौंको नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा १० करोडको लागतमा अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्मल शर्माले मल्टीप्लेक्स हल सञ्चालनमा ल्याएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा कलाकार हरिवंश आचार्यले आईएनआई सिनेमाज हलको संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन्…