द सिनेमा टाइम्स, काठमाडौं - गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा 'एक भागवत र एक गीता' (सामाजिक कथा)ले बक्सअफिसमा बिस्तारै दर्शक बढाउन थालेको छ । सिनेमाको इनिसियल व्यापार सुखद नदेखिएपनि विकेण्ड पछि बिस्तारै दर्शक बढाउदै लगेको वितरक गोविन्द शाहीले बताए । वितरक शाही आज मंगलबारबाट सिनेमाले भने सोचेभन्दा राम्रोले साथ पाउन थालेको उल्लेख गरेका छन् ।…