द सिनेमा टाइम्स, काठमाडौं - विश्व प्रसिद्ध क्यानडाको 'टोरोन्टो इन्टरनेशनल सिनेमा महोत्सव-२०२३' मा नविन सुब्बा निर्देशित सिनेमा 'गाउँ आएको बाटो' छनोट भएको छ । अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको सिनेमा ‘सेन्टर पिस’ सेक्सनमा छानिएर विश्व प्रिमियर हुने भएको छ । आगामी सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने महोत्सवमा निर्देशक सुब्बा सहभागी हुने जनाइएको छ…