द सिनेमा टाइम्स, काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको सिनेमा 'द ब्ल्यू लाइट'को पहिलो झलक सार्वजनिक भएको छ । सिनेमाकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ । मंसिर १२ गते रिलिज हुने सिनेमाको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । आफ्नो बुवाको मृत्यु…