विपिन र सौगातको टकरावमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी कार्तिक ४ अर्थात् बडादशैंको फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमा 'पशुपति प्रसाद'मा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र विपिन कार्कीको टकराव हेर्न पाइएको थियो ।…