द सिनेमा टाइम्स, काठमाडौं - फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार दुईवटा नेपाली सिनेमा रिलिज भएका छन् । 'डाकिनी' र 'ए साथी सुन' आजबाट रिलिज भएका हुन् । ‘डाकिनी’मा मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले पनि सिनेमामा अभिनय गरेका छन् । सिनेमा नेपालका सिमित…