बलिउडका वरिष्ठ अभिनेता ऋषी कपूरको निधन

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउडका वरिष्ठ अभिनेता ऋषी कपूरको निधन भएको छ । गए राती ६७ वर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले लेखेका छन् । उनि क्यान्सर पिडित थिए । स्वास्थ्यमा खराबी आएपछि उनलाई बुधबार मुम्बईस्थित एच एन रिलायन्स अस्पताल भर्ना गरिएको थियो । उनका भाइ रणधीर कपूरले ऋषीलाई सास फेर्न समस्या भएको बताएका थिए…