द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा 'नाङ्गो गाउँ'को छायांकन नसकिँदै अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले सिनेमाको प्रदर्शन अधिकार खरिद गरेको हो । सिनेमाको राइट्स महंगोमा विक्री भएको निर्माण टिमले दाबी गरे पनि मूल्य भने खुलाएको छैन । सिनेमाको २० प्रतिशत छायांकन…