‘बुलाकी’ हलबाट फिर्ता लिइयो, निर्मातालाई डुबाउन खोजिएको गुनासो

द सिनेमा टाइम्स, काठमाडौं - गत शुक्रबार अर्थात् बैशाख १ गते नयाँ बर्षको अवसरमा प्रदर्शनमा आएको सिनेमा 'बुलाकी' हलबाट उतार्ने घोषणा निर्माता बिराज बिष्टले गरेका छन् । प्रदर्शनको दोस्रो दिनबाटै देशभरका मल्टीप्लेक्सहरुमा ७० प्रतिशत शोज कटौती गरिएको, अफटाइम शोज दिइएको, मोफसलका मुख्य स्टेशनमा शो नै नदिएको कारण देखाउँदै सिनेमा हलबाट उतार्ने घोषणा निर्माता विष्टले गरेका…