द सिनेमा टाइम्स, काठमाडौं । जर्मनीमा आयोजना हुने प्रतिष्ठित ७२औँ अन्तर्राष्ट्रिय छोटो सिनेमा महोत्सव 'ओबरहाउजन'मा नेपाली छोटो सिनेमा 'टेस्ट अफ वाटर' छनोट भएको छ । विश्वभरका सशक्त र सिर्जनात्मक सिनेमा प्रस्तुत हुने महोत्सवलाई छोटो सिनेमा क्षेत्रको महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ । यो सिनेमा 'चिल्ड्रेन एण्ड यूथ कम्पिटिसन' अन्तर्गत आधिकारिक छनोटमा परेको हो । यो विधामा…