‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक, दशैंमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'को पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सिनेमाका तीन भिन्न पोस्टर सार्वजनिक गरिएका हुन् । सिनेमाको शुक्रबार सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की 'भष्मे डन'को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई 'दुर्गामाता'को अवतारमा चित्रण गरिएको छ ।…