द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । यो टिजरले आमाबुबाको मायाबाट बञ्चित एक बालकको मनोविज्ञान र त्यसले उसको जीवनमा पार्ने प्रभावलाई भावनात्मक रूपमा प्रस्तुत गरेको संकेत गर्छ । बरिष्ठ अभिनेता नीर शाहको निर्देशनमा निर्माण भएको सिनेमामा उनी स्वयं मुख्य भूमिकामा छन् । उनीसहित…